सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा व्यावसायिक उखु खेती गर्दै एग्रिकल्चर उद्योग

 बाँकेमा अर्ग्यानिक चिनी र गुँड उत्पादन गर्ने उद्देश्यसहित यहाँका कृषकले व्यावसायिक उखु खेती सुरु गरेको छन् ।

एनपिजे एग्रिकल्चर उद्योग प्रालिले शनिबारदेखि बाँकेको खजुरा गाउँपालिका –२ ‘ए’गाउँ सत्ताइस धुरीमा १२.५ बिघा जग्गामा व्यावसायिक उखु खेतीका लागि उखु रोपाइ सुरु गरेको हो ।

लुम्बिनी प्रदेशका भूमि व्यवस्था तथा कृषिमन्त्री भण्डारीलाल अहिरले व्यावसायिक उखु रोपाइँको सुरुवात गर्दै युवापुस्ता कृषिमा लगानीसहित प्रवेश गर्नु सुखद भएको बताउनुभयो । मन्त्री अहिरले आर्थिक विकासका लागि व्यावसायिक कृषिमा जोड दिन आवश्यक भएको बताउनुभयो ।

प्रालिका सञ्चालक साहिल कुरैसीले जानकी गाउँपालिका –३ इन्द्रपुरमा समेत १२.५ बिघा क्षेत्रफलमा पनि उखु रोपाइँ सुरु गरिने बताउनुभयो । यसैगरी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा पनि उखु खेती गरिने बताउनुभयो ।

जानकी –३ मा मिल खोलेर अर्ग्यानिक चिनी, भेली र गुँड उत्पादन गर्ने लक्ष्य रहेको सञ्चालक कुरैसीले बताउनुभयो । एक पटक उखु रोपेपछि तीन पटकसम्म उत्पादन लिन सकिने कुरैसीले बताउनुभयो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतवार ०८:३५

लोकप्रिय