सूचनाको शक्ति - The Power Of Information

        

त्रिकोणात्मक टी–२० सिरिजमा नामिबिया र नेदरल्याण्ड्सबिच आज प्रतिस्पर्धा

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदै छ। खेल बिहान साढे ११ बजेबाट त्रिवि क्रिकेट मैदानमासुरू हुनेछ। साथै आजकै खेलबाट सिरिजको अर्को फाइनलिस्ट टोली तय हुनेछ ।

शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएर फाइनल पुगिसकेको छ । चारमध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै सिरिजको फाइनलमा पुगेको हो । नेपाल र नेदरल्याण्ड्सको समान ४-४ अंक छ ।

तेस्रो स्थानमा रहेको नामिबिया र पहिलो स्थानमा रहेको नेदरल्याण्ड्समध्ये फाइनल पुग्ने टिमले  मंगलबार नेपालसँग उपाधिका लागि भिड्नेछन् ।

यसैबिच नेपाल क्रिकेट संघ (क्यानले) आजको खेल दर्शकका लागि निःशुल्क हेर्न पाउने व्यवस्था गरेको जनाएको छ ।  त्रिवि मैदानमा खेल हेर्न आउने दर्शकले टिकट काट्न नपर्ने जानकारी क्यानले सामाजिक सञ्जालमार्फत गराइसकेको छ ।

यसअघिका भएको सिरिजको सबै खेल प्रत्यक्ष हेर्न दर्शकहरूले टिकट लिनुपर्ने व्यवस्था थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतवार ०७:४६

लोकप्रिय