सूचनाको शक्ति - The Power Of Information

        

बलात्कारीहरू फाँसीको लायक : गायिका अधिकारी

गायिका समीक्षा अधिकारीले होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् । उनले  पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन् ।

अधिकारीले बलात्कारीहरू फाँसीको लायक भएको पनि बताएकी छन् ।  उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्।  पहिलो माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्। दोस्रो जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्। यी दुवै फाँसीका लायक छन्।’

ss

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार १७:४९

लोकप्रिय