सूचनाको शक्ति - The Power Of Information

        

यो साता प्रतितोला १ हजारले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रवारको तुलनामा यो साताको शुक्रवारसम्मको अवधिमा प्रतितोला १ हजार रुपैयाँले मूल्य बढेको जानकारी दिएको छ ।

गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रवारसम्म आइपुग्दा १ लाख १९ हजार रुपैयाँ प्रतितोला कायम छ ।

यस्तै, गतसाता तोलामा १ लाख १७ हजार ४५० कायम भएको तेजाबी सुनको मूल्य यो साता १ लाख १८ हजार ४५० रुपैयाँ कायम भएको छ ।यस्तै, यो साता चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ ।

गत साताको शुक्रवार तोलामा १३ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साता १३ सय ९० रुपैयाँमा आइपुगेको हो । सातामा सुनको मूल्य बढे पनि चाँदीको भने घटेर बन्द भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार १५:०१