सूचनाको शक्ति - The Power Of Information

        

आजको विदेशी मुद्रा विनिमय दर: कुन देशकाे कति ?

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ ९७ पैसाका दरले कारोबार भएको थियो ।

त्यस्तै, यूरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ । शुक्रबार यूरो एकको खरिद दर १४३ रुपैयाँ ४४ पैसा र बिक्री दर १४४ रुपैयाँ ९ पैसामा कारोबार भएको थियो ।

शनिबार बेलायती पाउन्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १६८.२८ रुपैयाँ रहेको छ । हिजो खरिद दर १६७.४५ रुपैयाँ र बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ ।

शुक्रबार पाउन्ड एकको खरिद दर १६७ रुपैयाँ ५२ पैसा र बिक्री दर १६८ रुपैयाँ २८ पैसामा कारोबार भएको थियो । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार ०७:४५