सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्ज-१५ जमुनाहामा सडक बत्ती जडान र सडक स्तरोन्नति हुँदै

पालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १५ स्थित जमुनाहा गाउँमा सडक बत्ती जडान तथा पीच सडक निर्माण कार्यको सुरुवात गरिएको छ ।

सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म ४० वटा पोलमा सडक बत्ती जडान, २२० मिटर लामो सडक पीच, माटो पटान तथा नालामा ढक्कन हाल्ने योजनाको सुरुवात गरिएको हो । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले शुक्ववार  उक्त योजनाको शुभारम्भ गरेका छन् ।

आगामी जेठ १५ गतेभित्र काम सक्ने गरी ए.एन.डी. कन्स्ट्रक्सन ग्रुप बाँकेले ठेक्का पारेको छ । ४७ लाख ८८ हजार लागतमा सडक बत्ती जडान, सडक स्तरोन्नति तथा नालामा ढक्कन हाल्ने काम सम्पन्न हुने नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर प्रदिप कुमार हरिजनले जानकारी दिए ।

उक्त योजनाको शुभारम्भ गर्दै नगर प्रमुख प्रशान्त विष्टले सामुदायिक सहभागितामा तोकिएकै समय सीमाभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए ।

कार्यक्रममा उप्रमुख राई, वडा नम्बर १५ का वडा अध्यक्ष मदन विक्रम शाह, नेपालगञ्ज उपमहानगरपालिका नापी शाखा प्रमुख मनराज थापा, ए.एन.डी. कन्स्ट्रक्सनका प्रोप्राइटर निराजन ढुंगाना लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार ०६:५६

लोकप्रिय