२०८० फागुन १८ गते शुक्रवार, १ मार्च २०२४ । फाल्गुण कृष्णपक्ष षष्ठी तिथि । स्वाती नक्षत्र, ९ः२७ बजेपछि विशाखा । चन्द्रराशि तुला ।
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ ।
व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मेहनतले राम्रै प्रतिफल दिलाउनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मिहिनेतले पहिलेको स्थितिमा सुधार आउनेछ । बिस्तारै काम बन्नेछ । अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्नेछन् । समाजमा आफ्नो प्रभाव बढ्न सक्छ । पेसा–व्यवसायमा फाइदा हुनेछ । जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।
साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ ।
प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ । मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यापारमा पनि मनग्य धनलाभ हुनेछ ।
अधैर्य व्यवहारले समस्या निम्त्याउला । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन् । अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । मेहनत गर्दा रोकिएको काम बनाउन सकिनेछ ।
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेकै कमजोरी दोहोरिन सक्छ । सुन्दर पहिरनद्वारा व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । मनोरञ्जन र अतिथि सत्कारमा खर्च बढ्न सक्छ ।
अवसरका लागि दौडधुप गर्नुपर्ला । अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ । केही खर्च लागे पनि प्रतिष्ठा प्राप्त हुनेछ । यात्राको प्रक्रिया अघि बढ्नेछ । लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
मेहनतले आम्दानी बढाउनेछ । सानो प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्न सक्छ । श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । आयस्रोत बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ । सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ । पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ ।
विशेष भेटघाटले काममा उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रोकिएका केही काम बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ । आध्यात्मिक मनोवृत्तिले समाजसेवामा प्रवृत्त गराउन सक्छ ।
आकस्मिक समस्याले दौडधुप गराउन सक्छ । स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको स्वार्थका लागि उपयोग भइएला । पछि फाइदा दिने काम सम्पादन गर्न सकिनेछ । अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन् । दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ ।
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं