सूचनाको शक्ति - The Power Of Information

        

शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति

 आफूलाई अभियन्ता बताउँने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला अदालत, काठमाडौँले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको हो ।

शर्मिलाले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडा (म्याकुरी)ले जाहेरी दिएपछि उनलाई हिजो प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो  ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १६:५४

लोकप्रिय