सूचनाको शक्ति - The Power Of Information

        

अत्याधिक रक्सी पिएपछि किन हुन्छ वान्ता ?

तपाईलाई थाहा छ, कहिले काही मानिसले रक्सी पिएपछि वान्ता किन गर्छ ? रक्सी पिएपछि मानिसहरु प्रायः बान्ता हुने गरेको देखिन्छ । कतिपय मानिस रक्सी पिएपछि सुत्छन् तर के तपाईंले कहिल्यै सोच्नुभएको छ यस्तो किन हुन्छ, यसले स्वास्थ्यमा कस्तो असर गर्छ ?

धेरै पटक, धेरै रक्सी पिउने, धेरै छिटो पिउने वा खाली पेटमा रक्सी पिउने कारण वान्ता हुन्छ । यद्यपि यो रोग होइन । वास्तवमा, जब रक्सी हाम्रो पेटमा प्रवेश गर्छ, एन्जाइम प्रणालीको सम्पर्कमा आएपछि ठूलो मात्रामा विषाक्त रसायनहरू उत्पादन हुन्छन् । यसलाई हटाउन हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले रक्सीलाई विष मानेर शरीरबाट बाहिर निकाल्ने प्रयास गर्छ ।

यदि हामीले वैज्ञानिक भाषामा बुझ्यौं भने, रक्सी हाम्रो शरीरमा प्रवेश गरेपछि, कलेजोले यसलाई विषाक्त रासायनिक एसिटाल्डिहाइडमा परिणत गर्दछ । जुन स्वास्थ्यका लागि निकै हानिकारक हुने अध्ययनले देखाएको छ । यसले कलेजोले एसिटाल्डिहाइडलाई एसिटेटमा रूपान्तरण गर्छ ।

त्यसपछि यो पानी र कार्बन डाइअक्साइडमा परिणत हुन्छ र शरीरबाट बाहिर निस्कने अध्ययनले बताएको छ । बान्ताले नशाबाट छुटकारा पाउन मद्दत गर्छ भन्ने धेरैको विश्वास रहेको छ । त्यसैले, रक्सी पिएपछि, धेरै पटक जबरजस्ती उल्टी गर्ने प्रयास गर्छन् । बान्ताका कारण पेटबाट अल्कोहलको केही अंश बाहिर निस्कन सक्छ तर रगतमा घुल्ने अल्कोहलको मात्रा घट्दैन ।

रक्सी शरीरमा प्रवेश गर्ने बित्तिकै कलेजोको माध्यमबाट केही भाग पचिन्छ र पिसाबको माध्यमबाट बाहिर निस्कन्छ । अर्कोतर्फ, मदिरा पनि शरीरको रक्तनली हुँदै मानिसको रगतमा मिसिन्छ । जसका कारण मानिसलाई मादकताको अनुभूति हुन्छ । जब यो प्रक्रिया तीव्र हुन्छ तब बान्ताले आराम दिन्छ तर यसले नशा हटाउँदैन ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १५:२१