२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन १७ गते बिहीबार

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले हिजो बुधबारको तुलनामा आज सुनको मूल्य बढेर कारोबारमा आएको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँ कायम थियो ।

सुनको मूल्य बढेर कारोबार आए पनि आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार हिजो बुधबारकै मूल्यमा आज चाँदीको कारोबार भएको हो । आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ छ ।

प्रकाशित मिति : २०८० फागुन १७ गते बिहीबार