सूचनाको शक्ति - The Power Of Information

        

१० लाखभन्दा धेरैले भरे सर्वोत्तमको आईपीओ

अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) १० लाख १२ हजार ३८४ जनाले भरेका छन् । सीडीएस एण्ड क्लियरिङ कम्पनीका अनुसार कम्पनीको आईपीओमा १९.३ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्रै आवेदन खुलाएको थियो । तर आवेदकले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता माग गरेका छन् । कुल १९ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको हो । सो रकम आवेदककै बैंक खातामा ब्लक भएको छ ।

बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ खुलाएको थियो । बुक बिल्डिङबाट खुलेको यस आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ ।

  तर कतिपय आवेदकले ५० भन्दा थोरै १० कित्ताका लागि पनि आवेदन दिएका छन् । ५० भन्दा कम आवेदन दिएकाहरुको आवेदन स्वतः रद्द हुनेछ ।

करिब ५५ हजार ५ सयले पाउनेछन् सेयर :
आईपीओ भर्ने अधिकांश ९४ प्रतिशत बढीको हात रित्तो हुनेछ । यदि १० लाखले आईपीओ भरेको खण्डमा ५‍.५ प्रतिशतले मात्रै आईपीओ पाउने छन् । कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ ।

न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । जसअनुसार ५५ हजार ५२१ हाराहारीले मात्रै आईपीओ पाउने छन् । बाँकी सबैको हात्त रित्तो हुनेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १७:५२

लोकप्रिय