कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि हातपात गरेकाे आराेपमा आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन्।
उनलाई सिन्धुपाल्चोक प्रहरीले बुधबार बाह्रबिसेबाट पक्राउ गरेको हो। वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको हो।
पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगासँग मिलेर शर्मिलाले केही दिनअघि पवनमाथि हातपात गरेका थिए । आफूलाई घरमै आएर कुटपिट गरेकाे भन्दै पवनले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा उनीमाथि चोटैचोटसहितकाे अनुहारमा उपस्थित थिए ।
पवनको पत्नी सुम्निमासित विवाद चलिरहेका बेला शर्मिला पनि उनीहरूकाे पारिवारिक झगडामा मिसिएकी हुन् । पक्राउ परेकी शर्मिलामाथि कुटपिट तथा अंगभंग मुद्दामा कारबाही चलाउने प्रहरीकाे तयारी छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ