२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

सुनचाँदीको भाउ घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन १६ गते बुधबार

सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा एक सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो एक लाख १८ हजार तीन सय रहेको सुन आज एक लाख १८ हजार दुई सयमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेको छ । हिजो एक हजार तीन सय ८० रुपैयाँ रहेको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २०८० फागुन १६ गते बुधबार