सूचनाको शक्ति - The Power Of Information

        

बिहे बन्धनमा बाँधिदै नायिका नन्दिता केसी

नायिका नन्दिता केसी विवाह बन्धनमा बाँधिने भएकी छन् ।

यही फागुन १९ गते शनिबार काठमाडौंमा उनको विवाह हुन लागेको हो । डा. अरविन्द्र कटवालसँग उनले विवाह गर्न लागेकी हुन् । नन्दितालाई कटवालले विवाहको प्रस्ताव राख्दै औँठी पहिराइदिएका थिए ।

नन्दिताका हुनेवाला श्रीमान् अरविन्द्र कार्डियोलोजिस्ट हुन् । उनी अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बस्ने गरेका छन् । नन्दिता पनि विगत लामो समयदेखि अमेरिकामै बस्दै आएकी छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ११:२६

लोकप्रिय