सूचनाको शक्ति - The Power Of Information

        

टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो  खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

यसअघि लिग–२ अन्तर्गत दुवै खेलमा नेपाल नामिबियासँग हारेको थियो । हिजोको खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको थियो  ।

यस्तै लिग-२ मा नेपाल र नेदरल्यान्ड्सबीच भएकाे खेलमा दुवै टाेलीले एक/एक खेल जितेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ०७:५५

लोकप्रिय