वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरकाे अन्त्येष्टि गरिएकाे छ । आज पशुपति आर्यघाटमा आचार्यकाे पार्थिव शरीरकाे अन्त्येष्टि गरिएकाे हाे ।
आचार्यकाे पार्थिव शरीरमा उहाँका छाेराहरू सत्यराज र स्वरूपराजले दागबत्ती दिए । अन्तिम संस्कारअघि आर्यघाटमा पुगेका सङ्गीतकर्मीहरूले आचार्यको सम्मानमा उहाँकाे गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएका थिए ।
यसअघि आचार्यकाे पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएकाे थियाे । प्रतिष्ठानमा बिहान ११ बजेदेखि नेतादेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरूले आचार्यप्रति श्रद्धाञ्जली दिएका थिए ।
भजनशिरोमणि उपाधि पाउनुभएका भक्तराज आचार्यको हिजो ८२ वर्षको उमेरमा निधन भएको थियो । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै हुनुहुन्छ ।
विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यले चार सय वटाभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ