सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार ९ अङ्कभन्दा धेरैले बढ्याे

आज शेयर बजार नौ अङ्कभन्दा धेरैले बढेको छ । दिनभर उतारचढाव भइरहेको शेयर बजार परिसूचक नेप्से नौ दशमलव ३४ अङ्कले बढेर दुई हजार एक दशमलव ६४ विन्दुमा पुगेको छ ।

आज उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले बढ्यो भने फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर सामान्य घटेको छ ।

आज बोटलर्स नेपाल कम्पनी र विपी डब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन चिरख्वा हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरै घटेको छ ।

आज ५२ लाख ३९ हजार कित्ता शेयर एक अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १४ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १८:२८

लोकप्रिय