राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको प्रारम्भिक चरणको परीक्षाफल प्रकाशित भएको भएको छ । लोकसेवा आयोग मंगलवार २७ माघमा लिइएको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
२१ हजार २७ जना सहभागी भएको परीक्षाबाट ९ हजार २९३ जना दोस्रोका चरणका लागि छानिएका छन् । १४ जनाको उत्तरपुस्तिका रद्द गरिएको छ ।
छनोट भएका परीक्षार्थीले साविककै प्रवेश पत्र प्रयोग गरेर दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् । आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयले तोक्ने परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ ।
यो परीक्षामा फाराम भरेकामध्ये झण्डै ८९ प्रतिशत परीक्षार्थी सहभागी भएका थिए । लोकसेवा आयोगले परीक्षार्थीको यस्तो उपस्थितिलाई ‘अभूतपूर्व’ भनेको थियो ।
खुला तथा समावेशी प्रतियोगिताबाट २७३ जना अधिकृत पदपूर्तिका लागि लोक सेवा आयोगले गत मंसिर २७ गते विज्ञापन खुलाएको थियो । सोही विज्ञापनको प्रारम्भिक चरणको परीक्षा माघ २७ गते (शनिबार) भएको थियो ।
शाखा अधिकृतका लागि आवेदन दिएका २३ हजार ७११ जनामध्ये प्रारभ्भिक चरणको परीक्षामा २१ हजार २७ जना परीक्षार्थी सहभागी भएका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ