सूचनाको शक्ति - The Power Of Information

        

पाँच वटा जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

SALT LAKE CITY, UT - APRIL 26: In this photo illustration a one dose bottle of measles, mumps and rubella virus vaccine, made by MERCK, is held up at the Salt Lake County Health Department on April 26, 2019 in Salt Lake City, Utah. (Photo Illustration by George Frey/Getty Images)

 पाँच वटा जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेका छन् ।

नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेका हुन् ।  स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसारले नुवाकोट र पर्सा पूर्ण खोप घोषणाको तयारीमा छन् ।

पूर्ण खोपका लागि दुई वर्षमुनिका बालबालिकाले शतप्रतिशत खोप लगाएको हुनुपर्छ । ती पाँच वटा जिल्लाका १६ पालिकालाई पूर्ण खोप घोषणा गर्न बाँकी नै छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, सन् २०२२ अनुसार चार प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् ।

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार एक प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित हुनु परेको थियो । कोरोना महामारीका कारण विगतमा बालबालिका खोप लगाउन छुटेका डा गौतमले बताउनुभयो । विभिन्न रोगबाट बचाउनका बालबालिकालाई सरकारले निःशुल्क खोप दिने गरेको छ ।

सरकारले १३ प्रकारका खोप बालबालिकालाई निःशुल्क दिन्छ । पोलियो खोप, हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्लुयन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया तथा दादुरा/रुबेलाविरुद्धको खोपलगायत रहेका छन् । सरकारले पूर्ण खोपको सुनिश्चिताका लागि तथा दादुरा–रुबेलाको सङ्क्रमणलाई ध्यानमा राखेर अहिले दादुरा–रुबेला खोप अभियान पनि सञ्चालन गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १५:२३