रुकुम पश्चिममा सञ्चालन भएको बृहत् प्रजनन स्वास्थ्य शिविरबाट रुकुम पश्चिममा दुई हजार ८७० जनाले प्रजनन स्वास्थ्य सेवा लिएका छन् । गत कात्तिक १७ गते गएको भूकम्प प्रभावित दुई स्थानीय तह आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका नागरिकले प्रजनन स्वास्थ्य शिविरमार्फत उक्त सङ्ख्यामा सेवा लिएका हुन् ।
नेपाल परिवार नियोजन सङ्घको आयोजना, आइपिपिएफ परियोजनाको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयको व्यवस्थापनमा भूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । गत मङ्सिर ११ गतेदेखि हालसम्म सञ्चालन भएको शिविरबाट जिल्लामा दुई हजार ८७० भूकम्पप्रभावित क्षेत्रका नागरिकलाई प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न सेवा दिएको नेपाल परिवार नियोजन सङ्घ दाङका शाखा प्रबन्धक वसन्त खनालले जानकारी दिए ।
उनका अनुसार शिविरबाट दुई हजार ५१० महिला, ३५९ पुरुष र एक जना अपसङ्ख्यक नागरिक लाभान्वित भएका छन् । यस अन्तर्गत अपाङ्गता भएका ३७, पाठेघर मुखको क्यान्सर जाँच एक हजार ६७४, स्त्रीरोग सम्बन्धी सेवा दुई हजार २२९ जनाले सेवा लिएका थिए । त्यस्तै यौनजन्य सङ्क्रमणको उपचार एक हजार २४३, परिवार नियोजनको लामो अवधिको सेवा १९८, आइयुसिडी लामो अवधिको साधन प्रयोग गर्ने दुई, पाठेघर खसेका ४९ महिला, २०६ बालबालिका, गर्भवती तथा सुत्केरी सम्बन्धी सेवा १६२ जनालाई शिविरबाट सेवा दिएको शाखा प्रबन्धक खनालले जानकारी दिए ।
त्यस्तै शिविरमार्फत ४१ सुत्केरीलाई मर्यादा सामग्री वितरण, नौ जनाको एचआइभी परीक्षण र ९२ गर्भवती महिलालाई भिडियो एक्सरे जाँच गरिएको थियो । भूकम्पप्रभावित ती दुई पालिकामा सञ्चालित १७० सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रमबाट सात हजार ७९७ व्यक्ति लाभान्वित भएको परिवार नियोजन सङ्घका अनुगमन तथा मूल्याङ्कन प्रबन्धक चेनराज जोसीले जानकारी दिए ।
गत मङ्सिरदेखि हालसम्म सञ्चालन भएका १७ शिविरबाट उक्त सङ्ख्यामा नागरिकले सेवा पाएका हुन् । रुकुम पश्चिमका ती दुई दुई स्थानीय तह सहित जाजरकोटका चार स्थानीय तह बारेकोट र कुसे गाउँपालिका तथा नलगाड र भेरी नगरपालिकामा सञ्चालन भएका ४६ शिविरबाट सात हजार ३०० भूकम्प प्रभावित नागरिकले सेवा लिएको सङ्घका अनुगमन तथा मूल्याङ्कन प्रबन्धक जोसीले जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । रुकुम पश्चिम