२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

युक्रेन युद्धमा ३१ हजार सैनिकको ज्यान गयो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन १४ गते सोमबार

युक्रेन युद्धमा अहिलेसम्म ३१ हजार सैनिकको ज्यान गएको छ ।

रुस–युक्रेन युद्ध शुरु भएपछि अहिलेसम्म ३१ हजार युक्रेनी सैनिकको ज्यान गएको बीबीसीले जनाएको छ । तर, घाइते भएका युक्रेनी सैनिकका बारेमा भने जानकारी दिन नसकिने राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बताउनुभयो ।

उहाँले रुसलाई योजना बनाउन सजिलो हुने भएकाले घाइतेको विवरण दिन नचाहेको बताउनुभएको खबरमा उल्लेख छ । यसअघि रुसले ज्यान गुमाएका युक्रेनी सैनिकको सङ्ख्या अत्यधिक बढाएर भनेपछि यो तथ्य बाहिर ल्याइएको हो ।

रुसले एक लाख ५० हजार वा तीन लाख जनाको ज्यान गएको भनेर भ्रामक प्रचार गरेको युक्रेनको दाबी छ । राष्ट्रपति जेलेन्स्कीले ज्यान गुमाउने जति भए पनि त्यसले देशलाई ठूलो क्षति भएको बताउनुभएको छ ।

प्रकाशित मिति : २०८० फागुन १४ गते सोमबार