सूचनाको शक्ति - The Power Of Information

        

इन्जिनमा समस्या आएपछि धावनमार्ग पुगेको यतीको विमान पार्किङमै फर्काइयो

त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यती एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ ।

इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि  धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको  विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो ।

विमानस्थल स्रोतका अनुसार यती एयरलाइन्सको एनवाइटी ७८७ विमान विराटनगर उड्ने तयारीमा थियो । यसको उडानको निर्धारित समय ८:३०  थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १०:०१

लोकप्रिय