आइताबार (फागुन १२) देखि सर्वोत्तम सिमेन्ट कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा पहिलो दिन नै मागभन्दा करिब ३ गुणा बढी आवेदन परेको छ । आइतबार मात्रै ८६ लाख कित्ता शेयरका लागि आवेदन परिसकेको सीडीएससी एन्ड क्लियरिङले जनाएको छ ।
सीडीएससीका अनुसार आइतबार साँझसम्ममा १ लाख ५६ हजार २०७ जना आवेदकबाट ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपियाँबराबरको ८६ लाख ६० हजार ६४० कित्ता शेयर खरिदका लागि आवेदन परेको छ ।
कम्पनीले फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । यसमा लगानीकर्ताले प्रतिकित्ता ३६०. ९० रुपियाँ दरले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा आवेदन दिने अन्तिम मिति फागुन १६ गते हुनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ