२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

सर्वोत्तमको आईपीओमा पहिलो दिन नै मागभन्दा तीन गुणा बढी आवेदन

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन १४ गते सोमबार

आइताबार (फागुन १२) देखि सर्वोत्तम सिमेन्ट कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा पहिलो दिन नै मागभन्दा करिब ३ गुणा बढी आवेदन परेको छ । आइतबार मात्रै ८६ लाख कित्ता शेयरका लागि आवेदन परिसकेको सीडीएससी एन्ड क्लियरिङले जनाएको छ ।

सीडीएससीका अनुसार आइतबार साँझसम्ममा १ लाख ५६ हजार २०७ जना आवेदकबाट ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपियाँबराबरको ८६ लाख ६० हजार ६४० कित्ता शेयर खरिदका लागि आवेदन परेको छ ।

कम्पनीले फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । यसमा लगानीकर्ताले प्रतिकित्ता ३६०. ९० रुपियाँ दरले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा आवेदन दिने अन्तिम मिति फागुन १६ गते हुनेछ ।

प्रकाशित मिति : २०८० फागुन १४ गते सोमबार