सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

आजकाे माैसम : आज देशभरको मौसममा बदली रहने

हिमाली क्षेत्रमा हिमपात

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाकाअनुसार अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिक बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३२ मिनेट तथा सूर्यास्त साँझ ६ बजेर २ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ०७:५०

लोकप्रिय