सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा २० हजार पशुलाई भ्याक्सिन लगाईंदै

 नेपालगञ्जमा २० हजार पशुलाई खोरेत विरुद्धको भ्याक्सिन लगाइँदैछ । गाईभैंसीलाई खोरेत रोगबाट जोगाउन ६ महिनामाथिका बाच्छाबाच्छी तथा पाडापाडीलाई खोरेत विरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको पशु सेवा शाखाले तीन जना भ्याक्सिनेटरको टोली परिचालन गरेर भ्याक्सिन लगाउने कार्यको सुरुवात गरेको जनाएको छ । टोलीमा हिरालाल अहिर (यादव), दिनेश विश्वकर्मा र सिसराम यादव छन् ।

टोलीको नेतृत्व अहिरले गरेका छन् । वडा नम्बर ६, ९, १२, १३, १५, १६, १७, १८, १९, २०, २१, २२ र २३ नम्बरमा वडामा चैत १० गतेसम्म खोरेतविरुद्धको खोप लगाइने पशु स्वास्थ्य प्राविधिक अच्युत गौतमले बताए ।

वडा नम्बर १७ बाट भ्याक्सिन लगाउन शुरु गरिएको छ । खोरेत भ्याक्सिन लगाइसकेपछि बाख्रामा लाग्ने पीपीआर, गाईभैंसीमा लाग्ने भ्यागुते र चर्चरे तथा बंगुरहरुमा लाग्ने स्वाइन फिभरविरुद्ध पनि भ्याक्सिन लगाइने पशु स्वास्थ्य प्राविधिक अच्युत गौतमले बताए ।

गाईभैंसीको खुट्टा तथा मुखमा घाउ आउने रोगलाई खोरेत भनिन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतवार ०८:१९

लोकप्रिय