सूचनाको शक्ति - The Power Of Information

        

विश्वकप लिग–२ : आज नेपाल र नेदरल्याण्ड्स खेल्ने

आईसीसी क्रिकेट विश्वकप लिग–२ (२०२३–२०२७) सिरिज अन्तर्गत आज नेपाल र नेदरल्याण्ड्सको प्रतिस्पर्धा हुँदैछ ।

नेपालको घेरेलु मैदान कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल आइतबार बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ । समान एकएक खेल जितेका नेपाल र नेदरल्याण्ड्स दोस्रो जितको खोजीमा हुनेछन् ।

नेपाल घरेलु मैदानको फाइदा उठाउने दाउमा छ । यसअघि नामिबियासँगको लगातार दोस्रो खेलमासमेत पराजित भएपछि नेपालका कप्तान रोहित पौडेलले अन्तिम खेल उत्कृष्ट खेल्ने बताइसकेका छन् ।

नेपाल पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेदरल्याण्ड्समाथि ९ विकेटको जित निकालेको नेपाल तेस्रो खेलमा नामिबियासँग दुई विकेटको हार भोगेपछि कप्तान पौडेलले अन्तिम खेल उत्कृष्ट खेल्ने बताएका हुन् ।
घरेलु मैदानमा दुई खेल गुमाएको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

तीन खेल जितेको नामिबिया नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान एकएक जित निकालेका नेपाल र नेदरल्याण्ड्स भने दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

नेदरल्याण्डसलाई ९ विकेटले हराएको नेपाल रन रेटको आधारमा दोस्रो स्थानमा छ । तीन देशको अन्तिम खेल आइतबार नेपाल र नेदरल्याण्ड्स बिच कीर्तिपुर मैदानमा हुन लागेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतवार ०८:०६

लोकप्रिय