सूचनाको शक्ति - The Power Of Information

        

थापाथलीकाे प्रसूति गृहबाट २६ दिनकाे शिशु चाेरी

 काठमाण्डौको थापाथलीमा रहेको प्रसूति गृहबाट २६ दिनको शिशु चोरी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौमा उजुरी परेको छ ।

काभ्रेपलाञ्चोक घर भएकी एक महिलाले आफ्नो शिशु चोरी भएको उजुरी गरेकी हुन् । घटना आज दिउँसो साढे १२ बजेतिर भएको हो ।

उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुग्नुभएको थियो । उजुरीपछि प्रारम्भिक अनुसन्धानमा एक जना महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पाइएको छ ।

थापाथली र आसपासका क्षेत्रमा रहेका सीसीटीभी क्यामेरामा कैद भएका फुटेज हेरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १९:१९

लोकप्रिय