सूचनाको शक्ति - The Power Of Information

        

मोरङमा मार्बल बोकेको ट्रक पल्टिएर किचिँदा ३ जना बालबालिकाको ज्यान गयो, २ जना घाइते

मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर ४ निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक ट्रक पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर ज्यान गएको छ ।

आज बिहान भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

मार्बल बोकेको भारतीय नम्बरको ट्रक पल्टिँदा बुढीगङ्गा–४ प्रगति टोलका ज्योति अधिकारीका छोरी इसिता र छोरा निशान्त तथा सन्जु खवासको आठ वर्षे छोरी रिहाको ज्यान गएको हो ।

घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हिँडिरहेका रिहाको दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा ज्योति अधिकारी र रिहाकी आमा सन्जु खवास घाइते हुनुभएको छ । प्रहरीले क्रेनको सहायतामा ढुङ्गा पन्छाएर शव निकालेको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १६:००

लोकप्रिय