२०८२ चैत २८ , शनिबार 12, April 2026, Sunday

काठमाडौँबाट लुक्ला उडेको हेलिकप्टर नौ मिनेटमै फिर्ता

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन ११ गते शुक्रबार

काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकप्टर नौ मिनेटमै काठमाडौंमै फर्किएको छ।

शुक्रबार बिहान सवा आठ बजेतिर काठमाडौैँबाट लुक्लाको लागि उडेको नाइन एन एजेडी कलसाइनको हेलिकप्टर प्राविधिक समस्याका कारण काठमाडौँ फर्काइएको हो।

हेलिकोप्टर फर्किएर ८ः२३ मिनेटमै काठमाडौंमा ल्याण्ड गरेको थियो।

शुक्रबार बिहान लुक्लाको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।

प्रकाशित मिति : २०८० फागुन ११ गते शुक्रबार