सूचनाको शक्ति - The Power Of Information

        

रुकुम पश्चिममा एक जना मृत फेला

 रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१२ मा एक जना मान्छे मृत फेला परेका छन् । सोही ठाउँमा वर्ष ५१ का हस्तराम खड्का बाटो छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

आज बिहान साढे ६ बजेतिर मृत भेटिएका खड्काको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नमराज भट्टराईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैरहेको डीएसपी खड्काको भनाइ छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार ०९:२३

लोकप्रिय