२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन ११ गते शुक्रबार

कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

कोषले शुक्रबार सूचना प्रकाशन गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी मागेको हो।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक एक/एक जना मागेको छ।

सहायक प्रबन्धकमा १२ जना मागेको छ। जसमध्ये खुलबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २/२ जना र मधेसीबाट १ जना नियुक्त हुनेछन्।

त्यस्तै प्रशासनतर्फ १ जना र प्राबिधिकतर्फ १ जना सहायक प्रबन्धक मागिएको छ।

पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ। जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २/२ जना र १ जना मधेसीबाट नियुक्त गरिनेछ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ भने दरखास्त शुल्क पदअनुसार फरक-फरक निर्धारण गरिएको छ।

karmachari-sanchaya-kosh-1708656361.jpg

प्रकाशित मिति : २०८० फागुन ११ गते शुक्रबार