२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन १० गते बिहीबार

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहेका बराल काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नेछन् ।

बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन् ।

प्रकाशित मिति : २०८० फागुन १० गते बिहीबार