सूचनाको शक्ति - The Power Of Information

        

२० अंकले घटेर बन्द भयो सेयर बजार, ३ अर्बको कारोबार

सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। साताको चार कारोबार दिन (आइतबार, मंगलबार,बुधबार र बिहीबार) नेप्से परिसूचक लगातार घटेको हो।

सोमबार सार्वजनिक बिदा परे‍काले सेयर कारोबार भएन। यसदिन नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ३.४९ अंकले घटेर ३५९.५७ विन्दुमा कायम भएको छ।

यसदिन ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर ३ अर्ब  २० करोड ६१ लाख ६७  हजार २५ रुपैयाँमा खरिदबिक्री भए। सेयर बजार दोहोरो अंकले घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। बुधबार २ अर्ब २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समाज लघुवित्त वित्तीयको सेयर १० प्रतिशतले बढेको हो।
जोशी हाइड्रोपावरको ९.८७ प्रतिशतले बढ्दा सालिङ पावरको ९.८५,बोटलर्स नेपाल (बालाजु)को ८.२४ र बोटलर्स नेपाल (तराई)को ५.७३ प्रतिशतले मूल्य बढेको हो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड  ८७ लाख ९७ हजार १७८ रुपैयाँको सेयर खरिदबिक्री भयो।

यसैगरी गुराँस फाइनान्सको १४ करोड १ लाख,जोशी हाइड्रोपावरको ८ करोड ९३ लाख,एनआईसी एसिया बैंकको ६ करोड ४० लाख र नगदी ग्रुपको ६ करोड २४ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा  आएका ४९ कम्पनीको मूल्य बढ्दा १९७ वटाको घट्यो भने २ कम्पनीको मूल्य  स्थिर रह्यो।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार १६:३१

लोकप्रिय