सूचनाको शक्ति - The Power Of Information

        

ट्राफिक सप्ताह सुरु

बाँकेमा ट्राफिक सप्ताह सुरु, गृहमन्त्री श्रेष्ठद्वारा उद्घाटन

अभियानलाई सफल पार्न सबैलाई आह्वान

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले आमसर्वसाधारणमा ट्राफिक सचेतना अभिबृद्धि गर्दै सडक अनुशासन कायम गर्नका लागि सबैलाई प्रेरित गर्न आवश्यक रहेको बताएका छन् ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह २०८० को आज नेपालगन्जमा उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले यस्ता अभियानले सडक अनुशासन कायम गर्दै बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा भूमिका खेल्ने बताए ।

May be an image of 13 people, crowd and text

उनले अभियानलाई सफल पार्न सबैलाई आह्वान गरे । गृहमन्त्री श्रेष्ठले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको इमान्दारिता र सक्रियता आवश्यक रहेको बताए ।

May be an image of 9 people, temple and text

गृहमन्त्री श्रेष्ठले स्कुटर चालकलाई हेल्मेट हस्तान्तरण तथा सवारी साधनमा सचेतनामूलक स्टिकर टाँस गरी ट्राफिक सप्ताहको शुभारम्भ गरेका हुन् ।

May be an image of 5 people, crowd and text नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा ट्राफिक सप्ताह सुरु गरिएको हो ।

May be an image of 7 people, crowd and text

औपचारिक कार्यक्रम अघि नगरमा प्रभातफेरि निकालिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपी कृष्ण सुवेदीले बताए । उनका अनुसार ट्राफिक सप्ताहमा सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।

May be an image of one or more people, crowd and text

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार १५:५६

लोकप्रिय