काठमाण्डौ लगायत लुम्बिनी प्रदेशका केही ठाउँमा छिटपुट वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौको त्रिभुवन विमानस्थल वरपर हल्का पानी परेको छ ।
त्यस्तै गण्डकी तथा लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा पनि हल्का वर्षा भएको मौसमविद् संजीव अधिकारीले बताउनुभयो । गण्डकी प्रदेशको गोरखा तथा कास्कीमा मेघ गर्जन सहित हल्का वर्षा भएको छ । यस्तै लुम्बिनी प्रदेशको पाल्पामा पनि हल्का वर्षा भएको छ ।
यस्तै अन्य प्रदेशमा पनि छिटपुट वर्षा भएको महाशाखाले जनाएको छ । देशको पूर्वी भूभागमा भने आज राति हल्का वर्षाको सम्भावना रहेको छ । साथै आज देशभर नै बदली रहेको पनि महाशाखाले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके