सूचनाको शक्ति - The Power Of Information

        

गैरहाजिर भएका १८ जना प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

प्रहरी प्रधान कार्यालय नक्शालले सम्पर्कमा नरहेका १८ जना प्रहरीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै सार्वजनिक सूचना जारी गरेर ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको हो ।

अन्यथा सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी समेत दिएको छ ।

गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्र सिंह ठगुन्ना लगायतका छन् ।

हेर्नुहोस् गैरहाजिर भएकाहरुको नामावली–

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार १०:१९

लोकप्रिय