सूचनाको शक्ति - The Power Of Information

        

पर्साको वीरगञ्ज र रौतहटको ईशनाथमा कर्फ्यु हट्यो

 पर्साको वीरगञ्ज र रौतहटको ईशनाथमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाइएको छ ।

वीरगञ्जमा अवस्था सामान्य हुँदै गएकाले गएराति १० बजेदेखि कर्फ्यु पूर्ण रुपमा हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

गएको बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा दुईपक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा पनि विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले सोमवारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको थियो ।

यस्तै, रौतहटको ईशनाथ नगरपालिकामा पनि हिजो बेलुकादेखि कर्फ्यु हटाइएको छ ।

ईशनाथ–७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि गएको शनिवार प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको थियो । अवस्था सामान्य बनेपछि हिजोदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार ०७:५९

लोकप्रिय