२०८३ वैशाख १६ , बुधबार 30, April 2026, Thursday

नामिबियासँग नेपालको दोस्रो हार

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन ९ गते बुधबार

आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नामिबियाले नेपाललाई २ विकेटले हराएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।

सिरिजको पहिलो खेलमा पनि नेपाल, नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।

प्रकाशित मिति : २०८० फागुन ९ गते बुधबार