२०८२ माघ ३ , शनिबार 17, January 2026, Saturday

सितापाइलामा एक पुरुष पनि झुण्डिएको अवस्थामा मृत भेटिए

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन ९ गते बुधबार

काठमाडौंको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा सोलुखुम्बुका रामप्रसाद सुनार रहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

उनका श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए । रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फागुन ९ गते बुधबार