‘महाजात्रा’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा पैसाले उत्पन्न गराउने परिस्थितिलाई देखाइएको छ ।
टिजरमा अभिनेता हरिवंश आचार्य नेताको शैलीमा चित्रित छन् ।‘जात्रा’ फ्रेन्चाइजको अघिल्ला दुई श्रृंखला पैसा र सुनमा केन्द्रित भएर बनेका थिए ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा राजाराम पौडेल, वर्षा राउत, दिव्यदेव, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे आदिको पनि अभिनय छ ।
आगामी चैत ९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्मातामा छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ