सूचनाको शक्ति - The Power Of Information

        

विश्वकप लिग-२ : कीर्तिपुर मैदानमा आज नेपाल नामिबियासँग भिड्दै

आईसीसी क्रिकेट विश्वकप लिग-२ (२०२३-२०२७) सिरिज अन्तर्गत आज नेपालको प्रतिस्पर्धा नामिबियासँग हुँदैछ।

घरेलु मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल आज बदला लिने तयारीमा हुनेछ। दोस्रो खेलमा विश्वकप खेलेर आएको नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदानमा हुनेछ।

यो खेल आज बिहान ९ बजेर ३० मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ। सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत काठमाडौँमा सिरिज जारी छ।

आईसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९-२०२३) मा पनि यही फर्म्याटमा प्रक्रिया सुरु गरेको थियो। लिग-२ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन्। अहिले नामिबिया र नेदरल्याण्ड्स नेपाल भ्रमणमा छन्।

आईसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका ४ देशले विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार ०७:२४

लोकप्रिय