२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

शेयर बजार सामान्य घट्याे, ३ अर्ब १३ करोड रुपैयाँकाे काराेबार

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन ८ गते मंगलबार

आज शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ७६ अङ्कले घटेर दुई हजार ३३ दशमलव शून्य छ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, लगानी, उत्पादन र अन्य समूहको शेयर सामान्य बढ्यो भने बाँकी समूहको शेयर सामान्य घटेको छ ।

आज ग्रीन लाइफ हाइड्रोपावरको शेयर घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन आज बोटलर्स नेपाल र समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ९३ लाख ४२ हजार कित्ता शेयर तीन अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति : २०८० फागुन ८ गते मंगलबार