२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

कञ्चनपुरले जित्यो नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि

सत्यपाटीसत्यपाटी । बाँके । २०८० फागुन ८ गते मंगलबार

नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को उपाधि कञ्चनपुरले जितेको छ।

बर्दियालाई ८० रनले पराजित गर्दै कञ्चनपुरले उपाधि जितेको हो।

नेत्रहीन क्रिकेट संघ नेपालले कोहलपुर बाँकेमा आयोजना गरेको प्रतियोगितामा पहिले ब्याटिङ गरेको कञ्चनपुरले ३ विकेटको क्षतिमा २१८ रन जोड्यो।

जवाफी ब्याटिङ गरेको बर्दियाले २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १३७ रन बनाएको थियो।

१०६ रन बनाएका कञ्चनपुरका दुर्गादत्त पौडेल प्लेयर अफ दि म्याच भए।

नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को प्लेयर अफ दि सिरिज ३१२ रन तथा ४ विकेटको साथमा पदम वहादुर बडैला भएका छन्।

प्रकाशित मिति : २०८० फागुन ८ गते मंगलबार