सूचनाको शक्ति - The Power Of Information

        

एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसंघ अन्तर्गतको एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्को दिगो विकास सम्बन्धी ११औं एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ उक्त मञ्चको अध्यक्षमा निर्वाचित भएका हुन् ।

जापानले मञ्चको अध्यक्षमा चयन गर्न प्रस्ताव गरेका थिए । बंगलादेश र श्रीलंकाका प्रतिनिधिले समर्थन गरेपछि नेपाल सर्वसम्मत निर्वाचित भएको हो ।

मञ्चको अध्यक्ष निर्वाचित भएपछि सदस्य राष्ट्रलाई उपाध्यक्ष श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन् । मञ्च ८ देखि ११ फागुनसम्म बस्दैछ ।

मञ्चमा अन्तर्राष्ट्रिय साझा एजेन्डाको रुपमा दिगो विकास लक्ष्यमा यस क्षेत्रका राष्ट्रले गरेका प्रगतिको समीक्षा गर्दै आगामी दिनमा लिनुपर्ने कार्यदिशामा छलफल हुने भएको छ ।

यस पटक दिगो विकास लक्ष्यका १, २, १३, १६ १७ मा केन्द्रित रहेर छलफल हुने आयोगका सहसचिव यमलाल भुसालले जानकारी दिए ।

छलफलमा भएको सहमतिका आधारमा एसिया प्रशान्त क्षेत्रमा दिगो विकास लक्ष्य कार्यान्वयनमा प्राप्त भएको सफलता र चुनौतीका सन्दर्भमा सन् २०२४ को जुलाइमा हुने संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्चमा प्रतिवेदन पेस हुने भएको छ ।

एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्‍मा ५३ सदस्य राष्ट्र र ९ वटा अन्य संस्था आवद्ध छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १५:२८

लोकप्रिय