सूचनाको शक्ति - The Power Of Information

        

पक्राउ परे सशस्त्रका डीएसपी तुलसिंह

सशस्त्र प्रहरी बलका एक जना डीएसपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरास्थित बाहिनीमा कार्यरत डीएसपी तुलसिंह केसी रहेका छन् । डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।

उनले स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा शनिबार प्रेमीसहित गएकी एक युवतीको अश्लील फोटो तथा भिडियो खिचेको आरोप लागेको छ । पीडितहरूले उनीविरुद्ध प्रहरी वृत्त स्वयम्भूमा जाहेरी दिएपछि रेस्टुरेन्टमा महिलाको निजी फोटो तथा भिडियो खिचेको आरोपमा उनलाई प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको हो ।

अनुमतिबिना कसैको फोटो तथा भिडियो खिच्न नपाइने गोपनीयता सम्बन्धी ऐनको कसुर अन्तर्गत उनलाई कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । वैयक्तिक गोपनियता सम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार अनुमति बिना कसैको तस्बिर वा भिडिओ खिच्न पाइँदैन ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १५:०२

लोकप्रिय