सूचनाको शक्ति - The Power Of Information

        

देशभर १३ हजार ६७५ सिसिटिभी जडान

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा देशभर एक हजार २९५ वटा थप सिसिटिभी जडान भएका छन् । तीमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत २६१ वटा रहेका छन् भने कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३९० वटा, मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत ७० वटा र बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत १२६ वटा जडान भएका हुन् ।

त्यसैगरी गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १६२ वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १०३ वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत ९४ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८९ वटा जडान भएका छन् । तीमध्ये विभिन्न संघसंस्थाबाट १,११४ वटा र प्रहरी कार्यालयबाट १८१ वटा जडान भएका हुन् । हालसम्म देशभर नेपाल प्रहरीले मनिटर गर्ने सिसिटिभी १३ हजार ६७५ वटा रहेका छन् ।

तीमध्ये ती मध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत तीन हजार ९९३ वटा, कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत दुई हजार ४५८ वटा, मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत १,५३२ वटा, बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत एक हजार ३६८ वटा, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत एक हजार ६५१ वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत एक हजार ४१० वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत ४४८ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८१५ वटा छन् ।

सिसिटिभी क्यामेराको प्रयोगले मुख्य–मुख्य सडकहरू र महत्त्वपूर्ण स्थानहरूमा अपराध अनुसन्धान, नियन्त्रण, न्यूनीकरण तथा रोकथामका साथै ट्राफिक व्यवस्थापन, विभिन्न प्रकारका आपराधिक तथा गैरकानुनी कार्यलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसको प्रभावकारिता बढ्दै गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १४:२३

लोकप्रिय