सूचनाको शक्ति - The Power Of Information

        

नेत्रहीन क्रिकेटमा कर्णाली प्रदेश विजयी

नेत्रहीन क्रिकेट सङ्घद्वारा बाँकेको कोहलपुरमा आयोजना गरिएको नेत्रहीन क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली प्रदेश विजयी भएको छ ।

कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट सङ्घ सुर्खेतको टोलीले लुम्बिनी नेत्रहीन क्रिकेट सङ्घ, रुपन्देहीलाई २९ रनले हरायो । लुम्बिनी प्रदेशले टस जितेर फिल्डिङ रोजेको थियो । कर्णालीले ६ विकेटको क्षतिमा एक सय ५७ रन बनाएर लुम्बिनीको लागि एक सय ५८ रनको लक्ष्य दिएको थियो ।

लुम्बिनीले जवाफी ब्याटिङमा १६ ओभरमा अल आउट हुँदै एक सय २८ रन बनाएको थियो । प्लेयर अफ दि म्याच घोषित हुनुभएका कर्णालीका यज्ञबहादुर थापाले ५७ रन बनाउनुभयो ।

कोहलपुरमा सञ्चालन भइरहेको प्रतियोगितामा बाँके, बर्दिया, चितवन, कर्णाली र लुम्बिनीका नेत्रहीन खेलाडीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतवार १७:१४

लोकप्रिय