२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

डेब्यू खेलमा नेपाल ए पराजित

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन ६ गते आइतबार

 एकदिवसीय क्रिकेटमा नेपाल ए आफ्नो पहिलो खेलमा क्यानडा ११ सँग पराजित भएको छ । मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ४ विकटेले पराजित भयो ।

नेपालले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको थियो ।  त्यो लक्ष्य क्यानडाले ६ विकेट गुमाएर खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो ।

नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाए । यसअघि मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।

अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे ।

प्रकाशित मिति : २०८० फागुन ६ गते आइतबार