सूचनाको शक्ति - The Power Of Information

        

कस्ताे लाग्याे `उपहार´ ट्रेलर ? (भिडियो)

फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ ।  फिल्मको सार्वजनिक  ट्रेलरमा  अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, किरण केसी, राजाराम पौडेल, शिशिर राणा लगायतलाई देखाइएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको ‘उपहार’मा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ ।

अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मको निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।महाशिवरात्रिको अवसर पारेर फागुन २५ गतेबाट फिल्म प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतवार १६:१९

लोकप्रिय