सूचनाको शक्ति - The Power Of Information

        

पैसामा बोलाएकी यौनकर्मी आफ्नै श्रीमती परेपछि…!

कहिलेकाहीँ श्रीमान–श्रीमतीको अगाडि यतो परिस्थिति आउँछ कि दुवैले केही गर्न सक्दैनन् । दुवैले एक अर्कालाई धोका दिएर बाहिर सम्बन्ध बनाएको अवस्थामा निकै संकट पर्न सक्छ । यस्तै एउटा घटना भारतको उत्तराखण्डको काशीपुरमा भएको छ ।

आज तकका अनुसार यहाँ एक व्यक्तिले कलगर्ल बो लाएका थिए । जब उनले बोलाएकी कलगर्ल उनको अगाडि पुगिन् युवतीको होसहवास उड्यो । ती कल गर्ल उनकै श्रीमती थिइन् । खासमा ती श्रीमानले ह्वाट्सएपमार्फत एक दलालसँग सम्पर्क गरेर कल गर्ल पठाउन भनेका थिए ।

दलालले पठाएकी कल गर्ल आफ्नै श्रीमती परेपछि श्रीमान–श्रीमतीबीच ठूलै विवाद र हातपात समेत भयो । दुवैले एक अर्काविरुद्ध पुलिसमा उजुरी गरेका छन् । केही वर्ष पहिले दिनेशपुरका युवकको बिहे काशीपुरको आइटिआइ क्षेत्रमा बस्ने युवतीसँग भएको थियो । तर, बिहेपछि नै श्रीमती श्रीमानसँग नबसेर माइतीमा बस्न थालेकी थिइन् ।

उनको धेरै समय माइतीमै बित्थ्यो, घरमा निकै कम समय बस्थिन् । एक दिन ती युवतीकी एउटी साथीले उनका श्रीमानलाई उनकी श्रीमतीले कल गर्लको काम गर्ने गरेको बताइदिइन् । आफूहरुबीच झगडा परेको रिसमा उनले साथीका श्रीमानका अगाडि पोल खोलिदिएकी थिइन् । त्यसपछि श्रीमानले श्यामपुरमकी एक महिला दलालसँग ह्वाट्सएपमा सम्पर्क गरेर कल गर्ल पठाउन भने ।

दलालले केही फोटो बताएर युवती रोज्न भनिन् । युवकले आफ्नी श्रमितीको फोटो रोजे । महिला दलालको नम्बर उनलाई श्रीमतीकी साथीले नै दिएकी थिइन् । त्यसपछि जब कल गर्लको रुपमा उनकै श्रीमती उनको अगाडि आइन् । उनीहरुबीच ठूलो लडाइँ भयो । अहिले श्रीमतीले आफ्ना श्रीमानको आफ्नी साथीसँग सम्बन्ध भएको आरोप लगाउँदै उजुरी गरेकी छिन् भने श्रीमानले श्रीमतीको यौनधन्दाको विषयलाई लिएर उजुरी गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार १६:२२

लोकप्रिय